Duration 5200

विहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो -NEWS 24

12 321 watched
0
113
Published 8 Jun 2017

विहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य विहीबार पुनः घटेको हो । बजारमा सुनको मूल्य घटेर छापावाला सुन प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी, बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै ७ सय ७५ रुपैयाँका कारोवार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाले बढेर प्रतितोला ५५ हजार ६ सय रुपैयामा कारोबार भएको थियो । त्यस्तै बुधबार चाँदी भने स्थिर रहेको थियो । विहीबार तोलामा ५ रुपैयाले घटेर ७ सय ७५ मा कारैबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो साता सुनचाँदीको मूल्य कहिले घट्ने र कहिले बढ्ने भइरहेको छ । तुलनात्मक रुपमा डलरको भाउमा कमजोरी आएको हुँदा र अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले सुनको भाउमा उत्तारचढाव आएको हो । यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएकोले पनि नेपाली बजारकमा त्यसको प्रत्यक्ष प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Category

Show more

Comments - 1