Duration 3:44

किन मनाईन्छ शुदुर पश्चिममा गौरा पर्व यस्ता छन् धार्मिक मान्यताहरु /global awaj

391 watched
0
4
Published 30 Aug 2021

Title:किन मनाईन्छ शुदुर पश्चिममा गौरा पर्व ? यस्ता छन् धार्मिक मान्यताहरु /global awaj Video By: Global Awaj Youtbe /c/globalawaj गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउँछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूर–पश्चिमी भू–भाग अनि यसको मौलिक पृष्ठभूमिको ठूलो महत्व छ । खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म धार्मिक कार्यहरूको आयोजना गरी मनाइन्छ । विशेषगरी डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाइँदै आएको पर्व हो, गौरापर्व । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् । तिनै पुत्रको तेजले आँखा देख्न नसक्ने हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो । More Useful Links : Please Subscribe Here: Visit us at : http://www.globalawaj.com Like us on Facebook: https://www.facebook.com/globalawaj Follow us on Twitter: https://www.twitter.com/globalawaj Follow us on Instagram: https://www.instagram/global_awaj #globalawaj #globalawajmedia Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. #Global Awaj #Global Awaj News #gauraparv2078 © & ℗ Global Awaj Media Pvt Ltd All Rights Reserved.

Category

Show more

Comments - 0